काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले ३४ जना फुटबल खेलाडीको स्वाब संकलन गरेर कोरोना परीक्षण गराएकोमा १ जना खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका १ जना फुटबल खेलाडीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको एन्फाले जानकारी दिएको हो । संक्रमित खेलाडीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल जारी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ ।
२०८२ पुष १२ गते शनिबार