पोखरा/ पोखरामा ट्राभल हिष्ट्रि नभएका व्यक्तिहरुमा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ । बिहीबारमात्र पोखरा २६ मा भेटिएको संक्रमित कृषि विकास बैंक नयाँबजारमा कार्यरत कर्मचारी भएको वडा अध्यक्ष नारायण बरालले बताए । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका कर्मचारी हरि आचार्यका अनुसार ती संक्रमितलाई उनकै परिवारबाट कोरोना संक्रमण भएको हो । दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहँदा पनि कास्की जिल्ला प्रशासन र पोखरा महानगरपालिकाले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको जनगुनासो आइरहेको छ ।
२०८२ पुष १२ गते शनिबार