जाली नोट कारोबारी अन्सारी पक्राउ

पर्सा । जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी जिल्ला प्रहरी कार्यालय पर्साद्वारा पक्राउ परेका छन् । अन्सारी पछिल्लो पटक १५ किलो सुनचाँदी प्रकरणमा समेत मुछिएका छन् । अन्सारी २०६८ सालमा भेटिएको ५४ लाख ९५ हजार भारतीय नक्कली रुपैयाको मुख्य कारोबारी भएको खुलेको थियो ।

बारामा घर भए पनि उनी वीरगञ्जमा बसेर पेट्रोल पम्म सञ्चालकका रुपमा चिनाउँछन् । प्रहरी अधिकारीहरु उनलाई भारत र पाकिस्तान दुवै मुलुकलाई सूचना दिने व्यक्ति भएकाले डकल एजेन्ट भनेर चिन्छन् । नक्कली नोट सहित समातिएका युनुस अन्सारीसंग पनि उनको निटक सम्बन्ध रहेको बताइन्छ ।

कमेन्टहरु
Loading...