काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत १ जना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको छ । अध्यक्ष प्रचण्डको सचिवालयमा कार्यरत १ सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित चालक सचिवालयका अन्य सदस्यले प्रयोग गर्ने गाडी चलाउँथे । उनलाई मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ ।
कर्मचारीलाई संक्रमण पुष्टि भएपछि सचिवालयका अन्य सदस्यको समेत स्वाब संकलन गरेर परीक्षण गरिएकोमा अन्यको भने रिर्पोट नेगेटिभ आएको स्रोतले जानकारी दिएका छन् । अस अगाडि पनि सचिवालयमा काम गर्ने ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।