पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेको ७ जनाको ज्यान गए पछि नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० पुगेको हो । कोरोनाबाट मोरङ, सप्तरी तथा रुपन्देहीबाट १/१ जनाको ज्यान गएको छ । साथै ललितपुरमा ४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको पुष्टि भएको छ ।
जनकपुरकी ३८ वर्षीय महिलाको ललितपुरको पाटन हस्पिटल, मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुर कै ७१ वर्षीय १ जना पुरुष, किस्ट अस्पतालमा टेकुकी ७८ वर्षीय महिला तथा बाराको कलैयाका ७५ वर्षीय पुरुषको ज्यान गएको छ ।
यस्तै कपिलवस्तु कृष्णनगरका २५ वर्षीय तथा कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय पुरुष गरी कोरोना भाइरसबाट २ जनाले आजै ज्यान गुमाएका छन् । उनीहरुमध्ये ४२ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपनि २५ वर्षीय पुरुषमा रिर्पोट आउन बाँकी छ ।
यता विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना कै कारण ज्यान गएको छ ।
सप्तरीका ८० वर्षीय वृद्धको पनि ज्यान गएको छ । ज्यान गुमाउने वृद्ध जिल्लाको डाक्नेश्वरी नगरपालिका ६ छातापुर घर भइ राजविराज नगरपालिकामा बस्दै आएका थिए । उनको मृत्युपछि कोरोना भाइरस परीक्षणको रिर्पोट पोजेटिभ आएको हो ।