काठमाडौं । कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार बलराम बानियाँ मृत अवस्थामा भेटिएका छन् । विगत ३ दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित बाग्मती किनारमा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।
अन्तिम पटक बानियाँ बल्खुमा देखिएको सिसिटिभी फुटेजमार्फत पुष्टि भएको थियो । उनी बाग्मती खोलामा लडेको वा खोलाले बगाएर मकवानपुर पु¥याएको हुन सक्ने अनुमान गरिएको छ । सोमबारदेखि बेपत्ता भएका बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको बताइएको छ । तनहुँ स्थायी घर भएका बानियाँ २ दशकदेखि कान्तिपुर दैनिकमा आवद्ध थिए ।