गन्थन डेस्क
स्वास्थ्य निर्देशनालय गण्डकीले भर्खरै दिएको जानकारी अनुसार पोखरामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरु वडा नम्बर ९ बाट ६ जना रहेका छन् । जसमध्ये ४ महिला र २ पुरुष छन् । त्यस्तै, वडा १९ मा ४ जना संक्रमित फेला परेका छन् । उनीहरु सबै महिला हुन् ।
अर्का एक महिला रहेकी छिन् । उनको वडा खुलाइएको छैन ।
यसैगरी स्याङजाको पुतलीबजार नगरपालिकामा ४ महिला र २ पुरुष संक्रमित भएको निर्देशनालयले जनाएको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइशोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
गण्डकी प्रदेशमा हालसम्म संक्रमणबाट निको भई १ हजार ४९३ जना घर फर्किएका छन् ।
