फेवासिटी अस्पताल भन्छ – ‘संक्रमितबारे आधिकारिक जानकारी छैन’

पोखरा/मंगलबार देखिएका चार संक्रमित मध्ये तिन संक्रमितको उपचार फेवासिटी अस्पतालमा भईरहेको खबर आए पनि फेवासिटी अस्पतालले भने संक्रमितहरुको बारेमा आँफुहरुलाई आधिकारीक जानकारी नआएको फेवासिटी अस्पतालका प्रबन्धक त्रिभुवन पराजुलीले बताए ।
‘हामीलाई आधिकारी जानकारी त आएको छैन । गन्थनको अनलाइनमा समाचार भने देखेका हौँ । आधिकारीक जानकारी नआएपनि हामीले सिएमसिको बैठक तत्काल डाकेका छौँ । संक्रमितहरुलाई पनि काउन्सिलिङ गरिरहेका छौँ । संक्रमितहरुको सम्पर्कमा रहेकाहरुलाई पनि खवर गरिसकेका छौँ । हामीले हाम्रो तयारी त गरिरहेका छौँ । आधिकारीक हिसाबले जानकारी पनि आउला त्यसपछि हामीले के गर्ने भन्नेबारे निर्णय गर्छौँ । ’ पराजुलीले भने ।
मंगलबार नै संक्रमित भएका सिदार्थ बैँकका कर्मचारी भने सोमबारसम्म काममा नै खटीएको बैँकका एक कर्मचारी बताए । ति संक्रमित कर्मचारीको बारेमा बैँकका शाखा प्रमुखलाई आधिकारीक जानकारी नपुगेको बुझिएको छ ।

कमेन्टहरु
Loading...