नेपाली पपगायक भीम निरौलाले नेपाली शैलीमा गाएको ुसन्डे मर्निङ लभ यु … बोलको गीत अहिले सामाजिक सञ्जालहरुमा निकै चर्चा पाएको छ । बेलायतको रिडिङस्थित स्टान्डर कन्ज्युमर बैंकमा काम गर्ने भीमको यो ४ मिनेट ४६ मिनेट लामो भिडियो उनले दस दिनअघि दसैंको अष्टमीमा युट्युबमा अपलोड गरेका हुन्।
सामाजिक सञ्जालहरुमा ुभाइरलु भएको गीतरभिडियोबारे जानकारी दिने साइट बजफिड डट कमले भीमको यो गीतबारे आइतबार पोस्ट गरेपछि यसको लोकप्रियता अझै बढेको छ। भीमको युट्युब पोस्टिङमा मात्रै यो गीत अहिलेसम्म ३ लाख ५५ हजारले हेरिसकेका छन्।
एउटा सुन्दर युवतीलाई मोडल बनाएर भीम आफैं ुपागल प्रेमीुका रुपमा देखिएको यो गीतमा उनी आफ्नो ुलभु खोज्दै संसारका कुनाकुना चहारेका छन्। बेलायतमा बसोबास गर्ने विवाहित भीमले यसअघि थुप्रै नेपाली पप तथा अन्य गीत गाइसकेका छन्।
हेरौ भिडियो
२०८२ कार्तिक २० गते बुधबार