चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ कार्तिक ८ गते । नेपाल पारा भेटरीनरी एण्ड लाइभस्टक एसोसीएसन जिल्ला कार्यसमिती मुस्ताङको आठौ जिल्ला अधिबेशन जोमसोमको सदरमुकाम जोमसोममा सम्पन्न भएको छ । अधिबेशनले दोलराज गैहेको अध्यक्षतामा ११ सदस्यिय नया कार्यसमिती चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष मनिषा जिसी, सचिब अनिल कुमार महतो, कोषाध्यक्ष आम प्रसाद थकाली, सदस्यहरु जगन्नाथ लामा, गणेश नेपाली, फुलमाया परियार, बुद्धिसिह नेपाली, बिनोद कुमार मण्डल र रहनु भएको छ । केन्द्रिय प्रतिनिधिमा सुरेश कुमार श्रेष्ठ, फलेन्द्र प्रसाद थकाली, बद्रि प्रसाद पौडेल र अनिता पुर्जा रहनु भएको छ ।
मध्यम स्तरीय पशुसेवा प्राबिधिकहरुको बिशुद्ध पेसागत संगठनले पेसागत हकहित, जिल्लामा रहेका कृषकको आयआर्जन बृद्धि गर्न महत्वपुर्ण भुमीका खेल्ने गरेको केन्द्रिय प्रतिनिधि शुरेश श्रेष्ठले बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय महासचिब जनक रावल, बिषेश अतिथी प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मी, स्थानिय बिकास अधिकारी डिल्लीराम सिग्देल रहनु भएको थियो । आइतबहादुर थकालीको अध्यक्षतामा कार्यक्रम संचालन श्रेष्ठले गर्नुभएको थियो ।
निर्वतमान अध्यक्ष थकालीको कार्यसमितीले बर्तमान अध्यक्ष गैहेको टोलीलाई कार्यभार हस्तान्तरण गरेको थियो । कार्यक्रममा जिल्लाका करिब ५० जना प्राबिधिक र सम्पुर्ण कार्यालयका कार्यालय प्रमुखको उपस्थिती रहेको थियो ।