भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोरोना भाइरस संक्रमित भएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका हुन् । ‘हस्पिटल गएर जाँच गराउँदा मलाई कोरोना भाइरस पोजेटिभ आएको छ ।’

उनले ट्वीटरमा भनेका छन्, ‘यो हप्ता मेरो सम्पर्कमा आउनुभएकालाई हस्पिटल गएर कोरोना भाइरसको जाँच गर्न र घरमा नै आइसोलेसनमा बस्न आग्रह गर्छु ।’

कमेन्टहरु
Loading...