पोखरा ।
नेपालमा कोरोना भाइरसबाट थप १ जनाको ज्यान गएको छ । मधुमेह तथा निमोनियाबाट ग्रसित उनी साउन १५ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका ६४ वर्षीय पुरुषको उपचार कै क्रममा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।
यता जिल्ला अदालत मोरङका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीश सहितका कर्मचारीमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
न्यायाधीशलाई नै कोरोना संक्रमण पुष्टि भए पछि अदालत आउने ३ दिनसम्मका लागि बन्द गरिने भएको छ । त्यस्तै कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलनका लागि विराटनगर महानगरपालिकालाई अनुरोध गरिएको अदालतले जानकारी दिएको छ ।