स्वरा अभियानले पोउवामा उम्मेदवारी दिने

गन्थन डेस्क

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल, कास्कीले पोखरा उद्योग वाणिज्य संघमा उम्मेदवारी दिने भएको छ ।

आगामी असोजमा हुने संघको ३३ औं महाधिवेशनमा उम्मेदवारी दिने निश्चित भएको अभियान कास्कीका संयोजक सुनिलबहादुर कोइरालाले जानकारी दिए । संघले ठूला व्यापारीबाहेक अन्यलाई अपनाउन नसकेको बताउँदै उम्मेदवारी दिने उनको भनाई छ ।

संघको कार्यसमितिमा रहेकाबाहेकलाई पनि विभिन्न पदमा मनोनयन गर्ने प्रवृत्तिप्रति विमति राख्दै संघको शुद्धिकरण गर्न आवश्यक भएकाले उम्मेदवारीमार्फत संघमा पुग्ने कोइरालाले जनाए । मूलतः राजनीतिक आवरणबाट संघमा हुने निर्वाचन पद्दतिको अभियानले विरोध गरेको छ ।

आगामी निर्वाचनमा कुन पदमा उम्मेदवारी दिने भन्ने निक्र्याैल नभइसके पनि अभियानको उपस्थिति जुनैपनि हालतमा गराइछाड्ने अभियानको दाबी रहेको छ ।

अभियानले कास्कीमा व्यापार संघ गठन गर्ने जनाउँदै यहाँका उद्यमी, व्यवसायीलाई अभियानमा जोडिन आग्रहसमेत गरेको छ । हाल संगठन विस्तारमा रहेको अभियानको कास्कीमा १३ सदस्यीय शाखा कार्यालय रहेको छ ।

निर्वाचनमा मतदान गरेको उम्मेदवारी विजयी भई जनभावनाअनुरुप काम नगरे फिर्ता बेलाउन पाउनु पर्नै अधिकार ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’लाई मूख्य नीति बनाएको अभियानले ‘उन्नत लोकतन्त्र, प्रत्यक्ष प्रजातन्त्रमा’ जोड दिएको छ ।

कमेन्टहरु
Loading...