पोखरा ।
वीरगञ्ज १५ भेडियाहीकी ४५ वर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको मृत्यु भइसकेपछि कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो । उनी हाइपोथाइराइड तथा उच्च रक्तचापकी बिरामी थिइन् । स्वास्थ्यमा अचानक गम्भीर समस्या आएपछि उनलाई गण्डक कोचिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको श्वासप्रश्वासमा समस्या आएपछि रिर्पोट नआउँदै उनले ज्यान गुमाएकी हुन् ।