काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा ४ जना कर्मचारीलाई कोरोना भाइरस पुष्टि भएको छ । अहिले संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।