पोखरा
पोखरा वडा नं. १९ मा कोरोनाका कारण मृत्यु भएका ६२ पुरुष सच्चाईका मुख्य व्यक्ति भएको खुल्न आएको छ । पोखरा महानगरपालिका वडा नं.१९ का अध्यक्ष शोभा मोहन पौडेलका अनुसार शनिवार राती पोखरामा मृत्यु भएका व्यक्ति सच्चाईका मुख्य व्यक्ति थिए ।
पौडेलका अनुसार उनले लकडाउनको विचमा पनि सच्चाइको कार्यक्रम रोकेका थिएनन् । उनले सच्चाइमा लाग्ने सबैलाई आफ्नो घर बोलाएर कार्यक्रम संचालन गर्दै आएका थिए । उनीसँग कन्ट्याकमा रहेका अन्य ५ जनामा पनि क्रोरोना संक्रमण भएको वडा अध्यक्ष पौडेलले बताए ।
सच्चाइ हुँदै समुदायमा कोरोना छिरेपछि पोखरा महानगरपालिका वडा नं. १६ र १९ मा अघोषित प्रकारको सिल गरिएको हो ।
२०८२ पुष १२ गते शनिबार