पोखरामा जोखिम बढ्यो, आजै १० जना कोरोना संक्रमित थपिए

पोखरा ।

पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नम्बर १९ का ३ जना ५८, ६८, ८८ वर्षीया महिला र ५७ तथा ६० वर्षीया २ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वडा नमबर १५ की ३२ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर ३२ का १९ वर्षीया १ जना पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस अगाडि आज बिहान माबै पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने संख्या १३ सय ८३ रहेको निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...