पोखरा ।
पोखरा महानगरपालिकामा २ सहित गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर २ र ८ का २० र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवरपरासीको विनयत्रिवेणीका ४४ वर्षीय १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यता लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा परिएको परीक्षणका क्रममा स्याङ्जा गल्याङका २६ वर्षीय पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या १ हजार ५ सय ७९ पुगेको छ । त्यस्तै कोरोनामुक्त हुनेको संख्या १ हजार ३ सय ८३ पुगेको छ ।