वीरगञ्जमा एकै पटक १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा ।

चिकित्सक, नेपाली सेना तथा नेपाल प्रहरी सहित वीरगञ्जमा एकै पटक १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा वीरगञ्जमा पहिलोपटक यति ठूलो मात्रामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये रौतहट तथा बाराका ४/४ जना तथा १७ जना महिला छन् । त्यस्तै बयोधा अस्तपालमा ५ जना चिकित्सक र १५ जना, प्रहरीका ४५, नेपाली सेनाका ५ तथा वीरगञ्ज सिर्सियाका ३९ जना संक्रमित भएको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै हिजो मृत्यु भएका वीरगञ्ज कै ५७ र ७९ वर्षीया पुरुषमा समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यता वीरगञ्ज महानगरपालिकाका प्रमुखको सम्पर्कमा रहेका २१ वर्षीष महिला, ६८ वर्षीया वृद्धा तथा ७२ वर्षीया वृद्धमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महागरपालिकाका ३३ वर्षीया कर्मचारीमा समेत कोरोना संक्रमण भएको छ ।

कमेन्टहरु
Loading...