वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डक कोभिड अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तीन दिन अघि अस्पतालमा भर्ना भएका उनको हिजो स्वाब संकलन गरिएको थियो ।
आज बिहान मृत्यु भएका ती पुरुषको बेलुका रिपोर्ट पोजेटिभ आएको हो ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले उनको कोरोनाले मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।