पोखरा /गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि पुर्ण तयारी अवस्था भएको भने पनि तयारी भने घोषणाको गतिमा हुन सकेन । कोरोना नियन्त्रणको तयारी हुन नसक्दा पोखराको गण्डकी अस्पतालमा रहेको ४० बेडमध्ये ३५ बेड भरिसकेको अबस्था छ । पाँच बेड भने जटिल खालका बिरामीलाई राख्नका लागि खाली राखिएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले गन्थनलाई बताएका छन् । आचार्यका अनुसार अहिलेको अवस्थामा थप संक्रमितलाई अस्पतालमा राख्ने अवस्था छैन ।
प्रदेश सरकारले कोरोना अस्पताल बनाउने भनेर हल्ला गरेको पाँच महिना बितिसक्दा पनि लेखनाथमा रहेको लेखनाथ लायन्स अस्पताल अहिलेसम्म पनि सुचारु हुन सकेको छैन । अस्पताल सुचारु हुन अझै केहि दिन लाग्ने जिल्ला जनस्वास्थ्य निर्देशनालयका निर्देशक बाबुराम आचार्यले बताए । आचार्यका अनुसार गण्डकी अस्पतालका आइसोलेसन भरिएको कारण थप संक्रमितहरुलाई घरमा नै बस्न सुझाब दिईएको छ । ‘होम आइसोलेसनको पनि कार्यविधि बनि सकेको कारणले सबै मापदण्ड पुरा गरेर घरै बस्न सक्ने बिरामीलाई हामीले होम आइसोलेनमा बस्न सुझाब दिएका छौँ ।’ आचार्यले भने
बिगत केहि दिनदेखि पोखरामा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा पनि संक्रमणको दर बढ्दाको समयमा पोखराको आइसोलेन भरिनुले प्रदेश सरकारले गरेको ठुलाठुला घोषणालाई बोलीमा मात्र सिमित गरिदिएको छ ।
सरकारी अस्पतालले थेग्न नसकेको अवस्थामा निजि अस्पताल तयार गरिएको भनिए पनि ति अस्पतालमा संक्रमितको उपचार हुन सकेको छैन । उल्टो ति अस्पतालले गण्डकी अस्पतालमा नै बिरामी रिफर गर्दै आएका छन् ।
२०८२ पुष १२ गते शनिबार
गण्डकी अस्पतालको आइसोलेसन भरियो अरु बिकल्प छैन
कमेन्टहरु