जिम्मेवार सरकारी अधिकृतको लापरवाहीले परिवारमै कोरोना

दिपक के श्रेष्ठ

पोखरा स्थायी घर भई तनहुँको सरकारी कार्यालयमा कार्यरत एक अधिकृतको गम्भीर लापरवाहीले उनको परिवारमा कोरोना संक्रमण पाइएको आंकलन गरिएको छ । उनी कार्यरत रहेकैबेला काठमाण्डौं आफन्त भेट्न गएको पाइएको छ ।

आफन्त भेटेर फर्किएपछि उनको कार्यक्षेत्रमा कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको थियो । त्यही मेसोमा उनले समेत स्वाब दिएका थिए । तर, स्वाब दिएपछि उनी पोखरा आए । यहाँ घरमै रहेकोबेला उनको परीक्षण ‘पोजिटिभ’ देखिएपछि परिवाका सदस्य त्रसित भए । त्यसपश्चात्, परिवारको पनि स्वाब संकलन गरियो । जसको नतीजासमेत पोजिटिभ देखियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विज्ञप्ती जारी गरी दिएको सूचना उनै अधिकृत र परिवारको हो ।

स्वाब संकलनपछि क्वारेन्टाइनमा बस्ने वा सुरक्षाको अन्य उपाय अपनाउनुको सट्टा उनी पोखरा (घर) आउँदा परिवारै संक्रमित भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका एक जिम्मेवार पदाधिकारीकाअनुसार अधिकृतकै लापरवाहीले परिवारमा भाइरस फैंलिएको आशंका छ । उनको निवास रहेको स्थान पोखरा महानगरका वडा नम्बर ८ हो ।

यद्यपि, उनीहरुको स्वास्थ्यवस्था गम्भीर नरहेको कारण होम क्वारेन्टाइनमा रहेका छन् ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख सागर आचार्यले स्वाब दिएपछि नतीजा नआई घर जानु अधिकृतको मानवीय गल्ती भएको उल्लेख गरे ।

कमेन्टहरु
Loading...