प्रहरी प्रधान कार्यालयमा थप १० जनामा कोरोना पुष्टि

काठमाडौं ।

प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ । आज मुख्यालयमा थप १० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै मुख्यालयमा संक्रमित प्रहरीको संख्या ८५ पुगेको हो । यस अगाडि नै ७५ जनामा देखिएको र आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता केवुरसिंह कडायतले जानकारी दिएका छन् ।

कार्यालयमा प्रवेशका लागि सवसाधारणलाई रोक लगाइएको छ । संक्रमितसंग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम सुरु भइसकेको प्रवक्त कडायतले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...