पोखरा/ पोखराको बिकासको चरणका बारेमा पोखराका अध्याता विश्व सिग्देलसँग छलफल गर्दा पोखरामा बस भन्दा पहिले जहाज आएको तथ्य फेला पार्न सकिन्छ । आफ्नै जीवनकालामा फेरिएको पोखराको शहरबारे सिग्देल भन्छन्–‘त्यो बेला पोखरा यस्तो बन्छ भन्ने लागेको नै थिएन । अहिलेको पोखराको घनाबस्ती रहेको ठाउँमा ठुला- ठुला सिमलका बोटहरु थिए । ’
पोखरा बिकासको खास खाका तत्कालिन अञ्चलाधिक शंकरराज पाठक र योजनाकार पदमबहादुर थापाले कोरेका बताउने सिग्देलले पोखरामा हेलिकप्टर चढेर गाडी आएको बताए । सिग्देलका अनुसार पोखरा त्यो समयमा राजनीतिक हिसावले भने पछि परेको थियो । सिग्देल भन्छन–‘कास्की बाहेकका अन्य जिल्लाहरुमा २००७ सालमा प्रजातन्त्र आयो तर कास्कीमा भने २००८ सालमा प्रजातन्त्र आएको तथ्य भेट्न सकिन्छ। ’ सिङ्गो पोखराको विकासका लागि सवै जातजाति र धर्म समुदायको उत्तिकै योगदान रहेको बताउने सिग्देलले हिप्पीहरुको नेपाल आगमनसँगै नेपालमा पर्यटन बिकासको श्रृखला बढेको बताउछन् । आजको फेवाताललाई पहिले बैदामे ताल भन्ने गरेको सिग्देल बताउँछ ।
बृहत पोखरा बहस अन्र्तगतको श्रृंखलामा हामी विश्व सिग्देलसँग निरन्तर गन्थन गरिरहने छौँ ।
२०८२ बैशाख ७ गते आईतवार