गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि

पोखरा, साउन १९ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय २९ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पोखरा क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा सोमबार ५ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ सय २९ पुगेको हो । सोमबार पोखरा महानगरपालिकाका १९, २३, ३६ र ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै स्याङ्जाको हरिनास गाउँपालिकाका २९ वर्षीय १ जना पुरुषमा समेत कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ सय ३० पुगेको छ ।

संक्रमित व्यक्तिलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...