पाँचपोखरी थाङपालमा पहिरोले पुरिदा दम्पतिको मृत्यु

पोखरा, साउन १९ ।

सिन्धुपाल्चोकमा पहिरोले पुरिंदा २ जनाको ज्यान गएको छ । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरो जाँदा पुरिएर श्रीमान, श्रीमतीको ज्यान गएको हो । ज्यान गुमाउनेमा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्री रहेका छन् । मृक्तक दुवै जनाको शव निकालिएका प्रहरीले जानकारी दिएको छ ।

यस्तै सोही गाउँपालिका अन्तर्गत विभिन्न वडामा समेत पहिरोले ठूलो क्षति पु¥याएको बताइएको छ । केही स्थानीयको घरको आँगन भत्किएको र केहीको पशु चौपाय नै पहिरोले पुरेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिएका छन् ।

यता जिल्ला कै मेलम्ची ११ मा पहिरो जाँदा पुरिएको ९ जनामध्ये ५ जनाको शव भेटिएको छ भने ४ जना अझै बेपत्ता छन् । १ जनाको भने प्रहरीले सकुशल उद्धार गरेको थियो । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...