७ प्रहरी सहित विराटनगरमा १५ जनामा कोरोना पुष्टि

पोखरा, साउन १९ ।

विराटनगरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा ७ प्रहरी सहित १५ जनामा संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ६ का २४ वर्षीय १ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नम्बर ७ का २५, ३०, ३६ र ४५ वर्षका पुरुषमा कोरोना संक्तमण पुष्टि भएको कार्कीले बताएका छन् ।

त्यस्तै कोशी अस्पताल २ जना तथा विराट मेडिकल कलेजका कार्यरत १ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...