पोखरा, साउन १९ ।
पर्सामा पत्रकार सहित, नेपाली सेना र प्रहरीमा गरेर थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १२ जना महिला र ६१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा १ जना पत्रकार, सेनाका १ जना, प्रहरीका २ जना बारा जिल्लाका ५ तथा वीरगगञ्ज महानगरपालिकाका विभिन्न वडामा ५ जना र केही भारतीय नागरिक समेत छन् । कोरोना भाइरसका संक्रमितहरु १० देखि ६७ वर्ष उमेर समूहका रहेका छन् ।
योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ८० पुगेको छ । कोरोना भाइरसका संक्रमित तथा मृक्तकको संख्यामा वृद्धि हुँदै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।