पत्रकार जागिरबाट निकाल्दा जनताको आवाज बन्द हुन्छ – अध्यक्ष आचार्य

पोखरा/नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई जागिरबाट निकाल्ने, आधा तलब दिने तथा बेतलवी बिदामा बस्न दबाब दिँदा जनताको आवाज बन्द हुने बताएका छन् ।

बन्दाबन्दीपछि सञ्चार क्षेत्रको अवस्था अध्ययनका लागि आएको महासङ्घको केन्द्रीय मिसन टोलीले आज जिल्लास्थित ‘फ्रि मिडिया नेटवर्क’ सँगको अन्तरक्रियामा उनले कोभिड–१९ पछि स्वरोजगारमूलक तथा साना लगानीका सञ्चार माध्यममाभन्दा वर्षौँदेखि सञ्चालित व्यावसायिक सञ्चार माध्यमका सञ्चारकर्मी बढी समस्यामा रहेको उल्लेख गरेका थिए ।

“मिडियामा लगानी गरेर नाफा÷घाटा बेर्होछु भनेर सञ्चालनमा आएका व्यावसायिक मिडियामा अहिले बढी समस्या छन्”, अध्यक्ष आचार्यले भने, “अहिले पत्रकारलाई पेशामा टिकाउनै समस्या छ, सञ्चार माध्यमबाट पत्रकार निकाल्दा जनताको आवाज बन्द हुन्छ ।”

महासङ्घले अहिलेको समस्या सम्बोधनका लागि संस्थागत ढङ्गबाट पहल गरेको र आफैँभित्रै छलफल गरेर समस्या समाधानका लागि एक करोडको आपत्कालीन राहत कोष सञ्चालनमा ल्याइएको अध्यक्ष आचार्यले जानकारी दिए । सञ्चार क्षेत्रका समस्या सम्बोधनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने र नवीकरण छुट, सेवामूलक उद्योग मानेर सहुलियतपूर्ण ऋण सञ्चारगृहलाई उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले ।
रासस

कमेन्टहरु
Loading...