थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, साउन १६ ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै संक्रमित संख्या १९ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । देशमा विभिन्न स्थानमा रहेको प्रयोगशालामा करिब १० हजार ७ सय ८६ जनाको नमूना परीक्षण गरिएको नन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।

यस्तै आज थप १ सय ५१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यो सहित नेपालमा कोरोना भाइरस संक्रमणपुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेका छन् ।

कोरोनाबाट नेपालमा ज्यान गुमाउने संख्या भने ५६ पुगेको प्रवक्त गौतमले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...