कोरोनाले नेपालमा थप १ को मृत्यु

पोखरा, साउन १६ ।

नेपालमा कोरोना भाइरसका कारण थप १ जनाको ज्यान गएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत रहेकी ६५ वर्षीय महिलाको कोरोनाका कारण ज्यान गएको हो ।

आइसियूमा उपचार गराइरहेकी उनको आज बिहान ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । ललितपुर थसिखेलका बासिन्दा उनी वीरगञ्जबाट आएर साउन ६ गते स्टार अस्पताल भर्ना भएकी थिइन् ।

उपचार कै क्रममा कोरोना संक्रमण भएको पुष्टि भए पछि उनलाई पाटन अस्पताल सारिएको थियो । योसंगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

कमेन्टहरु
Loading...