कोरोनाबाट वीरगञ्जमा थप १ जनाको ज्यान गयो, प्रदेश २ मा अर्का १ जना न्यायधीषमा कोरोना पुष्टि

पोखरा, साउन १६ ।

वीरगञ्जमा कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको ज्यान गएको छ । ५६ वर्षीय उनी भारतका थिए भने वीरगञ्ज ११ श्रीपुर ११ मा बस्दै आएका थिए ।

गए राति निधन भएका उनमा मुटुको रोग रहेको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिएका छन् । अवस्था गम्भीर बनेपछि आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्दा समेत उनलाई बचाउन नसकिएको डा.उपाध्यायले बताए ।

यता प्रदेश २ का फेरी १ जना न्यायधीषमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका ५० वर्षीय न्यायधीषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अगाडि पनि प्रदेश २ कै ५८ वर्षीय न्यायधीषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च अदालतका २२ जना न्यायधीषको साउन १३ गते स्वाब संकलन गरेर परीक्षण गर्दा थप १ जनालाई कोरोना भएको हो ।

न्यायधीषलाई समेत कोरोना संक्रमण हुन थाले पछि उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा लगायतसंगको छलफल पश्चात निश्चित काम बाहेक अन्य काम ३१ गतेसम्म स्थगित गर्ने निर्णय भएको छ ।

कमेन्टहरु
Loading...