पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७४ जना कोरोना संक्रमित फेला

पोखरा, साउन १५ ।

बिहीबार नेपालमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या २ जना २७ रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।

डा.गौतमका अनुसार २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको कोरोना परीक्षणका क्रममा २ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा हाल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

त्यस्तै निको भएर डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको डा.गौतमले बताएका छन् ।

कमेन्टहरु
Loading...