विद्यालयमा रहेको क्वारेन्टिन तथा आइसोलेसन कक्ष हटाउने सरकारको निर्णय

पोखरा, साउन १५ ।

विद्यालयमा रहेका क्वारेन्टिन तथा आइसोलेसन कक्ष हटाउने सरकारले निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा युवराज खतिवडाले विद्यालयलाई आइसोलेसन कक्ष तथा क्वारेन्टिनका रुपमा अबबाट प्रयोग नगर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

कुनै पनि विद्यालयमा क्यारेन्टिन या आइसोलेसन कक्ष भएको भए स्थानीय तहले तत्काल हटाउनले उनले जानकारी दिएका छन् । यस अगाडि नै सरकारले भदौ १ गतेबाट शैक्षिक सत्र २०७७/७८ का लागि विद्यार्थी भर्ना सुरु गर्ने जानकारी दिइसकेको थियो ।

कमेन्टहरु
Loading...