पोखरा, साउन १५ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ९ जनामा कोरोना भाइरस संक्रमण भएसंगै कार्यालयमा संक्रमित प्रहरीको संख्या ४४ पुगेको छ । महाराजगञ्जमा रहेको प्रहरी अस्पतालमा गरिएको परीक्षणका क्रममा थप ९ जना प्रहरीमा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर बहादुर कडायतले जानकारी दिएका छन् ।
संक्रमित प्रहरीसंग सम्पर्कमा आएकाको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने काम समेत भइरहेको एसएसपी कडायतले बताए । सवारी शाखा, सञ्चार लगायतमा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
यो संगै देशैभरी कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या २ सय २१ पुगेको छ ।