पोखरा, साउन १४ ।
कोरोना भाइरसबाट नेपालमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । नेसनल मेडिकल कलेजमा उपचाररत रहेका ७० वर्षीया तथा गण्डक अस्पतालमा उपचार गराइरहेका ६५ वर्षका पुरुषको ज्यान गएपछि नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको हो । मृक्तक दुवै जना पर्साको रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।
नेसनल मेडिकल कलेजमा आज ज्यान गुमाएका पुरुषलाई आज मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । ती वृद्धलाई पखालाको समस्या भए पछि अस्पताल भर्ना भएका थिए ।
उनमा मिर्गौलाको समस्या रहेको समेत बताइएको छ । त्यस्तै साउन ८ गते गण्डक अस्पताल भर्ना भएका अर्का संक्रमितलाई मुटुको समस्या रहेको डा.उपाध्यायले जानकारी दिएका छन् ।