पोखरा, साउन १४ ।
पछिल्लो २४ घण्टामा नेपालमा २ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका संक्रमित सहित नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ ।
त्यस्तै १ सय ४६ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसंगै नेपालमा निको भएर घर फर्किनेको संख्या १४ हजार २१ जना पुगेको छ ।