कालिकोटमा पहिरो जाँदा एकै परिवारका ७ सहित ८ जनाको ज्यान गयो, १ जना बेपत्ता

पोखरा, साउन १४ ।

कालिकोटमा कै परिवारका ७ सहित पहिरोमा पुरिएर ८ जनाको ज्यान गएको छ भने १ जना बेपत्ता भएका छन् । जिल्लाको नरहनीनाथ गाउँपालिका वडा नम्बर ७ मा मंगलबार राति पहिरो जाँदा पुरिएर गंगे बुढाको घर पुरिदाँ उनी सहित उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका, ७ वर्षका नाति राम बुढा तथा १ वर्षीया चरित्र बुढाको ज्यान गएको हो ।

त्यस्तै उनकी १८ वर्षीया छोरी बिमला बुढाको पनि ज्यान गएको छ । पहिरोमा पुरिएर ६ जनाको घटनास्थलमा नै ज्यान गएको हो भने बिमलाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

यता सोही गाउँपालिकाको वडा नम्बर ४ मा समेत पहिरोले पुरिएर ६५ वृद्धाको ज्यान गएको छ । ६५ वर्षीया बाले बुढाको घर भत्किदा उनकी श्रीमतीको ज्यान गएको हो भने बाले बेपत्ता भएका छन् ।

कमेन्टहरु
Loading...