पोखरा, साउन १४ ।
वर्षासंगै कैलालीका पथरैया, कान्द्रा तथा काडा नदीमा पानीको बहाव बढ्दा जिल्लाको जोशीपुर र भजनीका विभिन्न बस्तीका १ सयभन्दा बढी घर डुबानमा परेका छन् ।
जोशीपुरमा काडा नदी गाउँमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने २५ घर डुबानमा परेको छ । यस्तै पथरैया कदी गाउँमा पस्दा जोशीपुर कै अन्य ८ घर समेत डुबानमा परेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै काडा तथा कान्द्रा नदी भजनी नगरपालिकामा पसेपछि ७६ भन्दा बढी घर डुबानमा परेका छन् ।