नेपाल टेलिकमले रिचार्ज गर्न नयाँ कोड चलनमा ल्याएको छ ।
टेलिकमका सेवाहरुको रिचार्ज गर्नका लागि *४१२# प्रयोग गर्न सकिने भएको छ । जीएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ ।
यो सुविधाबाट आफ्नो मात्र नभइ जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।
जीएसएम सेवा, सीडीएमए सेवा, ल्याण्ड लाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाईम्याक्स सेवा र सिप सेवाहरुको रिचार्ज नयाँ कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।