सुरक्षाको मापदण्ड अपनाएर सामुदायिक होमस्टे सञ्चालन गर्न भिटोफको अनुरोध

पोेखरा, साउन १३ ।

प्रदेशभित्र भएका सामुदायिक होमस्टेलाई साउन १५ गतेदेखि सञ्चालन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीले अनुरोध गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भिटोफले सामुदायिक होमस्ट सञ्चालन गर्न आग्रह गरेको हो ।

‘हाल विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोप न्यूनीकरण गर्न नेपाल सरकारले २०७६ चैत्र १० गतेबाट (लकडाउन) को उद्घोष गरी २०७७ साउन ७ गतेबाट खुल्ला गरिए पनि पर्यटकीय सेवाका व्यवसायलाई साउन १५ गतेदेखि स्वास्थ्यका आवश्यक सतर्कता अपनाई स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण रूपमा पालना गरी व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त भएकाले होमस्टे सञ्चालन गर्नुहुन अनुरोध गरिन्छ ।’ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

भिटोफका अध्यक्ष नवराज अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा विषम परिस्थितिको अवस्थामा सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरेकोमा होमस्टे सञ्चालकप्रति आभार व्यक्त गरिएको छ ।

कमेन्टहरु
Loading...