पोखरा, साउन १३ ।
मंगलबार ३ सय ११ जना संक्रमतिको संख्या थप भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ भने मृक्तकको संख्या ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार करिब ५ हजार ३२ जनामा परीक्षण गर्दा ३ सय ११ जनामा संक्रमण भेटिएको हो ।
त्यस्तै गत साउन ९ गते निधन भएका १ जना पुरुषको कोरोना भाइरसकै कारण ज्यान गएको पुष्टि भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार कोरोनाले ज्यान गुमाएका ६५ वर्षीय पुरुष बझाङको बुंगल ३ का हुन् ।
भारतको बैंग्लोरबाट यही असार २४ गते बझाङ आइपुगेका उनको घरमा नै ज्यान गएको हो । ती पुरुषलाई दमको समस्या रहेको समेत डा. गौतमले बताएका छन् ।