नेत्र गुरुङको ‘म तिम्रै हुँ माया’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

पोखरा, ६ साउन ।

निर्देशक तथा गायक नेत्र गुरुङको ‘म तिम्रै हुँ माया’ बोलको गीत युट्युबमा सर्वजनिक भएको छ । उक्त गीत रुङको नेत्र इन्टरटेनमेन्टको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको हो ।

गुरुङको आफ्नै स्वर र संगीतमा तयार गरेको गीतको भिडियोमा निपुर्ण कुँवर र निमृता घिमिरेले अभिनय गरेका छन् । ‘गीतको भावअनुसार मैले यो भिडियोलाई निर्माण गरेको छु । गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई आफ्नो प्रेम दर्शाएको कुरालाई देखाउन खोजिएको छ ।’ गायक तथा निर्देशक गुरुङले भने, ‘भिडियो मेकिङको हिसाबले पनि यसलाई केही फरक शैली दिन खोजिएको छ ।’  सार्वजनिक गीतको भिडियो नेत्र आफैले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोको डिओपी पनि गुरुङ आफै हुन् । भिडियोको छायाँकनमा उनलाई प्रकाश गुरुङ ‘काश’ र निर्देशक गुरुङले सहयोग गरेका छन् । गीतको शब्द समेत नेत्र गुरुङ आफैले गरेका हुन् भने गीतको संगीत सँयोजन बिनोद रसाइलीले गरेका हुन् । गीतको मिक्सिङ सिजन बज्राचार्यले गरेका हुन् ।

कमेन्टहरु
Loading...