मंगलबार १ सय ५० जनामा कोरोना संक्रमण, ६ सय ९ जना डिस्चार्ज

पोखरा, साउन ६ ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार थप १ सय ५० जनामा संक्रमण भेटिएसंगै संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको हो ।

मंगलबार ६ सय ९ जना डिस्चार्ज भएपछि डिसचार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...