पोखरा, साउन ६ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणका क्रममा म्याग्दीको अन्नपूर्णमा २३ र २४ वर्षका २ तथा बेनी नगरपालिकामा ३२ वर्षीया १ जना, स्याङ्जाको फेदीखोलाका ३१, ५५ तथा ५८ वर्षीया ३ तथा बाग्लुङको ताराखोलामा २५/२५ वर्षका २ सहित ४३ वर्षीया १ जना सहित ३ जना गरेर ९ जनामा कोरोना संक्रमण भेटिएसंगै संक्रमितको संख्या १३ सय २९ पुगेको हो ।
संक्रमित सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा लैजान तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् । यस्तै गरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार २० पुगेको उनले बताए ।