दैलेख, १७ जेठ / दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
जेठ ७ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवकको मृत्यु भएको दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले जानकारी दिए ।
उनी बिहान चिया र विस्कुट खाएपछि ढलेका उनको अस्पतालमा लैजादा मृत्यु भईसेको थियो ।
उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनको स्वाव जाँचको रिर्पोट आज आउने छ ।