पोखरा, १० वैशाख/ विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनबाट प्रभावित कक्षाहरु पृथ्वी नारायण क्याम्पसले अनलाइन माध्यमबाट सुरु गरेको छ ।
करिब १२ हजार भन्दा बढि विद्यार्थी अध्ययनरत क्याम्पसमा सेमेष्टर प्रणाली अन्तर्गत सञ्चालीत कक्षाहरुलाई अनलाइन प्रबिधिको माध्यमबाट सुचारु गर्न नव नियुक्त क्याम्पस प्रमुख नन्दलाल अधिकारीले सहायक क्याम्पस प्रमुखहरु, बिभागीय प्रमुखहरु र उच्च पदस्थ कर्मचारीहरु सँग परामर्श गरि बैशाख पहिलो हप्तावाट नै अनलाइन कक्षाहरु नियमित गरिएको बताए ।
क्याम्पस प्रमुख अधिकारीका अनुसार लकडाउनको कारण लामो समयसम्म कक्षा नहुदा निर्धारीत समयमा कोर्स नभ्याउने, विद्यार्थी मनोवैज्ञानीक असर समेत पर्न सक्ने र बन्दको समयको पनि उच्चतम प्रयोग होस भन्ने हेतुले अनलाइन कक्षा सुचारु गरिएको बताए ।
ब्यवस्थापन, मानविकी, शिक्षा तथा विज्ञान तथा प्रबिधि संकाय अन्तर्गतका क्लासहरु जुम टेक्नोलोजि मार्फत सुचारु गरिएको हो । जनप्रशासन तर्फको स्नातकोत्तर एमपीए कार्यक्रमका निर्देशक सुर्य बहादुर जीसीले बर्तमान परिस्थीति अनुसार नँया प्रबिधिबाट सञ्चालन गरिएको कक्षाले शिक्षक र बिद्यार्थी दुवै लाभान्वित भएको बताए ।
क्षेत्रगत ब्यवस्थापन विभागका विभागीए प्रमुख बिष्णुप्रसाद भण्डारीले अहिलेको कोरोना भाइरसबाट सृजित महामारीको परिवेश नेपालको शैक्षिक क्षेत्रमा प्रविधिको प्रयोगका दृष्टिकोण एक अवसर समेत हुनसक्ने बताए।
सहायक क्याम्पस प्रमुख डा बीर बहादुर कार्कीले ब्यवस्थापन संकायका ५५ जना शिक्षकहरु सँग नियमित छलफल भैरहेको बतएका थिए । एमपीए तर्फ पहिलो अनलाइन कक्षा संचालन गर्ने शिक्षक दिलिपराज पौडेलका अनुसार कुल विद्यार्थी मध्ये ८० प्रतिशत मात्र बिद्यार्थीहरु अनलाइन कक्षामा जोडीएकाले आगामी दिनमा उक्त अनुपातलाई शतप्रतिशत बनाउन लागिरहेको बताएका छन् ।