फिर्केपुलको काम रोकिदा स्थानीय आक्रोषित

पोखरा, २३ पुस / पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित फिर्केखोलामा निर्माणको काम धमाधम नभएको प्रतिस्थानीयले गुनासो गरेका छन् ।

मंसिर महिनाको २१ गतेबाट काम गर्न सुरु गरिएको काम ३ दिनपछि नै बन्द भएको स्थानीयले बताएका छन् । आम नागरिकले प्रयोग गर्ने बाटोलाई अस्तव्यस्त बनाएर सर्वसाधारणको आवतजावतमा अप्ठेरो परेको गुनासो आएको छ ।

पोखरा महानगरपालिका र शान्ति आरोग्य जे.भि. सानेपा (निर्माण व्यावसायी) बिच २०७७ साल ८ महिना ५ गतेभित्र आर्क पुल निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको छ । चार करोड ५५ हजार ८ सय ३ रुपैया ७२ पैसामा सम्झौता भएको हो ।

सो पुलले पोखरा ४ र ५ लाई जोड्ने काम गर्दछ । वडा नम्बर ४ का वडा अध्यक्ष शंकर प्रसाद बाँस्तोला र वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीको उपस्थितिमा निर्माण कम्पनिलाई पुल निर्माणको कार्य नियमित गराई तत्काल काम शुरुवात गर्ने सहमती भएतापनि कामले निरन्तरता नपाएको स्थानीएको भनाई छ ।

निर्माण कम्पनिले मापदण्डा पर्ने घरहरु नहटाउन काम गर्न रोकिएको जानकारी दिए ।

कमेन्टहरु
Loading...