पोखराको मौजामा ढिस्कोले पुरिदा ५ जनाको ज्यान गयो

पोखरा, १५ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जना कामदारको ज्यान गएको छ ।

पोखरा–मौजा सडकको रिटेनिङवाल निर्माणमा खटिएका सल्यानका ४० बर्षिय तोभान बस्नेत, २५ बर्षिय खिमलाल ओली, २५ बर्षिय गणेश ओली, ४५ बर्षिय जीतबहादुर बस्नेत र २५ बर्षिय जोगेन्द्र ओलीको ज्यान गएको कास्कीका कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।


विहान करिब ८ बजे मजदुरहरुले काम गरिरहँदा माथिबाट अचानक ढिस्को खसेको हो । अप्ठ्यारो चट्टान रहेकाले उद्धारमा केही ढिलाई भएको थियोे । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले पुरिएकाको उद्धार गरेको हो ।

पोखराको मौजामा ढिस्कोले पुरिदा ५ जनाको ज्यान गयो । तस्बिरः सुरेश सुनार

मजदुरहरु सबै सल्यानको बाघचौर नगरपालिका ४ पेडिखोलाका हुन् । ढिस्को खस्दा भागेर बाँचन सफल रहेका मजदुर खीमलाल बस्नेतले हारगुहार गरेपछि घटनाको बारेमा स्थानीयले जानकारी पाएका थिए ।

ज्यान गुमाउने पाँचै जनाको शव पोखरा ल्याउने तयारी गरिएको वडा नम्बर २० का वडाअध्यक्ष सिम गुरुङले जानकारी दिए । सात जनाले काम गरी रहेको बेला डिस्को खस्दा दुई जनाले भागेर ज्यान बचाएका थिए ।

कमेन्टहरु
Loading...