काठमाडौं, ११ कात्तिक / महाराजगञ्ज प्रहरीलाई शनिबार राति ठुलो रकम सहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । महाराजगञ्जको होटल साम्बालाको पछाडिको घरमा जुवा खेल्दै गरेका २५ जना सहित दुई करोड ६७ लाख नगद सहित पक्राउ गरेको हो ।
यो रकम अहिले सम्मै कै ठुलो रकम भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले आइतबार बिहान करिब २ बजेतिर छापा मारेको थियो । जुवाको खाल काठमाडौं महानगरपालिका ३ पिपलमार्ग स्थित विक्रम गौतमको घरमा चलिरहेको थियो ।
गौतमले क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटा सहित २४ जनालाई कोठामा राखेर जुवा खेलाइरहेका थिए । जुवाको खालमा हजार र पाँच सयका नोटका गड्डीहरु प्रयोग भएको थियो । प्रहरीलाई नोट गन्न मात्रै तीन घण्टा बढी लागेको थियो ।
प्रहरीले दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाखको चेक एक थान, ३२ थान कौडा, ४ बुक तास बरामद गरेको छ । उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
जुवाखालबाट पक्राउ पर्नेहरु
१. ललितपुर पुल्चोकका सोहेल कार्की
२. काठमाडौं महानगरपालिका १५ का मुक्ती लामा
३. काठमाडौं महानगरपालिका ९ का पवन अग्रवाल
४. काठमाडौं महानगरपालिका ६ का सुमन अग्रवाल
५. काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ का कृष्ण भण्डारी
६. काठमाडौं महानगरपालिका २९ का राम तामाङ्ग
७. काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ११ का सिताराम खड्का
८. काठमाडौं महानगरपालिका २६ का अशोक श्रेष्ठ
९. काठमाडौं महानगरपालिका – ३५ का श्यामप्रसाद पराजुली
१०. काठमाडौं महानगरपालिका १५ स्वयम्भु का रञ्जन राजबंशी
११. काठमाडौं महानगरपालिका ३ का विक्रम गौतम (मिनी क्यासिनो सञ्चालक घरधनी)
१२. काभ्रेपलान्चोक पनौती नगरपालिका ५ का प्रदीप बोगटी
१३. काभ्रेपलान्चोक तिमाल गाउँपालिका ६ का नवाङ्ग लामा
१४. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका ९ का धावा लामा
१५. काभ्रेपलान्चोक रोशी गाउँपालिका ४ का बलराम सापकोटा (बले)
१६. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका ११ का रोशन तामाङ्ग
१७. दोलखा भीमेश्वर नगरपालिका ५ का राम कृष्ण के.सी.
१८. दोलखा भीमेश्वर नगरपालिका ५ बस्ने ईन्द्र श्रेष्ठ
१९. ललितपुरको गोदावरीका प्रेम थापा मगर
२०. काठमाडौं महानगरपालिका २ भाङ्गीका बुद्ध लामा
२१. ओखलढुङ्गाको पाप्ले ३ का सुमन गुरुङ्ग
२२. रौतहट चन्द्रनिगाहपुर नगरपालिका ३ का शोवित सिलवाल
२३. रामेछापको बाम्तिभण्डारका पवित्रकुमार कार्की
२४. बाराको निजगढ नगरपालिका ९ का शम्भु बुढाथोकी
२५. सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ का शम्भु शेर्पा